काठमाडौँ महानगरपालिकाकाे ‘मेयर उज्यालो कार्यक्रम’, १५ सय सडक बत्ती थपिने

काठमाडौं, १५ असार । काठमाडौँ महानगरपालिकाले महानगरका मुख्य र सहायक सडकमा गरेर झण्डै एक हजार ५०० सडक बत्ती जडान शुरु गरेको छ ।

‘मेयर उज्यालो कार्यक्रम’ मार्फत महानगरपालिकाले रातको समयमा यात्रु र सवारीसाधनलाई सहज बनाउन सडक बत्ती जडान गत वर्षदेखि शुरु भएको हो ।

चालु आवमा बाँकी स्थानमा जडान गरिने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए ।

उनका अनुसार महानगरले सडक बत्ती जडान नीति तथा कार्यक्रममा राख्दै त्यसका लागि बजेट छुट्टाएको छ । गतवर्ष केही स्थानमा जडान भएकामा बाँकी सडकमा यस वर्ष बत्ती जडान भइसक्ने उनले बताए ।

उनले भने, ‘यस वर्षभरमा एक हजार ६०० वटा बत्ती जडान भइसक्ने हामीले अनुमान गरेका छौँ ।’

महानगरका मुख्य मात्रै नभएर भित्री सडकमा समेत सडक बत्ती जडान हुने प्रवक्ता डङ्गोलले बताए । कामनपाले वडा कार्यालयमार्फत कार्यक्रम सञ्चालन गर्नै बताएको छ ।

महानगरपालिकाले सडकमा बत्ती जडान गर्ने, ट्राफिक बत्ती राख्ने, सडक चिन्ह राख्नेसँगै हाइमास (चोकमा राखिने ठूला बत्ती) जडान गरिरहेको छ ।

नौ मिटरभन्दा बढी चौडाइमा सडक निर्माणको काम सङ्घीय सरकारले गरेपनि सडकसम्बन्धी अरु काम महानगरपालिकाले गरिरहेको छ । (रासस)

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here