ग्लोबल आइएमई बैंकको शेयरमा मूल्य समायोजन, समायोजनपछिको भाउ कति ?

काठमाडौं, १३ मंसिर । ग्लोबल आइएमई बैंकको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।

बोनस शेयर समायोजनपछिको भाउ नेप्सेले ३३२ रुपैयाँ निर्धारण गरेको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३ सय ६५ रुपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

सभा प्रयोजनका लागि यसले आज सोमबार मंसिर १३ गते बुक क्लोज गरेको छ । गत वर्षको नाफाबाट बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र करसहित ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।

बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको पन्ध्रौँ वार्षिक साधारण सभा मंसिर २७ गते, सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here