महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

काठमाडौं, १३ मंसिर । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुको लागि २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ ।

गत वर्ष बैंकले ९ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद गरी कुल ९.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।

हाल ३ अर्ब ३४ करोड २४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस वितरणपछि चुक्ता पूँजी ४ अर्ब एक करोड ८ लाख ८३ हजार रुपैयाँ पुग्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here