दोहोरो अंकले घट्यो नेप्से, कारोबार ४ अर्बमा सिमित

काठमाडौं, १३ मंसिर । शेयर बजारमा मौद्रिक नीति समीक्षाको प्रभाव दोस्रोदिन पनि परेको छ ।

जसको कारण साताको कारोबारको दोस्रोदिन शेयर बजारमा दोहोरो अंकले घटेको छ ।

मौद्रिक नीति समीक्षा पछिको पहिलो कारोबार भएको दोस्रोदिन सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.५१ अंकले घटेर २६२९.९८ विन्दुमा रहेको छ । आइतवार नेप्से ८०.२९ अंकले घटेको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३८ कम्पनीको ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको ८२ लाख २५ हजार ८२२ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूह मध्ये ११ को परिसूचक राताम्मे भएका छन् । भने २ वटाको परिसूचक हरियो भएको छ ।

बैंकिङ समूहको शेयर १० अङ्कले, विकास बैंकको ६७, होटलको एक सय ७३, फाइनान्सको ३२, माइक्रोफाइनान्सको ४० घटेको छ । जलविद्युत् समूहको शेयर ०.२० अंकले बढेको छ ।

यस्तै उत्पादन समूहको शेयर ६१ अङ्कले, जीवन बीमा समूहको ११७ अङ्कले, निर्जीवन बीमा समूहको ७६ घटेको छ । र अन्य समूहको शेयर ४१ अङ्कले घटेको छ ।

घट्दो बजारमा न्यादी हाइड्रोपावर र सामलिङ पावर कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आज सर्वाधिक मुल्य घट्ने कम्पनीहरुमा आइसीएफसी फाइनान्स, चन्द्रागिरी हिल्स र मानुषी लघुवित्त वित्तीय संस्था आदी रहेका छन् ।

आइसीएफसी फाइनान्स, कम्पनीको शेयरमसल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । लाभांश घोषणा गरेसँगै महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here