ग्लोबल आईएमई लघुवित्तको शेयर मूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

काठमाडौं, १४ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ग्लोबल आईएमई लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ ।

नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २१७५ रुपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको २८ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १६ सय ९९ रूपैयाँ ३० पैसा कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो

संस्थाले सभा प्रयोजनका लागि कम्पनीले भोलि मंसिर १४ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले, आज मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाको मंसिर ३ गते, (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको नवौँ वार्षिक साधारण सभा मंसिर २८ गते, मंगलबार पोखरा ग्राण्ड , पोखरा , कास्कीमा बिहान १० बजेबाट सुरू हुनेछ ।