समीट लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं, १४ मंसिर । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

लघुवित्तको सञ्चालक समितिको मंसिर १३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५.२८५३१६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

समिटको चुक्ता पुँजी ३९ करोड ४३ लाख रुपैँया रहेको छ । सोही चुक्ता पुँजीको २५.२८५३१६ प्रतिशतले हुने ९ करोड ९७ लाख रुपैँयाको बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

सजिलो लघुवित्त र समीट लघुवित्तबीच मर्जर कार्य सम्पन्न भई २०७७ असोज ६ गतेबाट एकीकृत कारोबार सुरु भइसकेको हुँदा घोषित लाभांशमा कर नलाग्ने भएकाले नगद लाभांश करको व्यवस्था नगरिएको संस्थाले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here