विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, १५ मंसिर । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले बुधवारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ९६ र बिक्रीदर १२० रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ६९ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रीदर ३९८ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ९४पैसा तोकिएको छ भने बिक्रीदर ३३ रुपैयाँ १० पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ११ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १८ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १९ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here