आरएमडीसी लघुवित्तको लाभांश घोषणा, अघिल्लो वर्षको भन्दा बोनस बढ्यो

काठमाडौं, १५ मंसिर । आरएमडीसी लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

मंसिर १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। अघिल्लो आवमा २० प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीहरुले पाउनेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख २१ हजार ९३९ रुपैयाँ छ। बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार ३२६ रुपैयाँ पुग्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here