झिनो अंकले बढ्यो नेप्से, लगानीकर्ताको रोजाइमा नेपाल टेलिकमको शेयर

काठमाडौं, १५ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेको छ । बुधवार नेप्से ५.२८अंकले बढेर २६३३.६६ विन्दुमा कायम भएको छ ।

यसदिन २२३ कम्पनीको २ अर्ब ७४ करोड २० लाख ८५ हजार ७०४ रुपैयाँ बराबरको कारोबार भएको छ । ५३ लाख १० हजार २१५ कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ९ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ४ समूहको परिसूचक ओरालो लागेका छन् । बुधवार नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको साढे १४ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।

यस्तै, हिमालयन डिस्ट्रीलरी १० करोड र महिला लघुवित्त ९ करोड बढीको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

सामान्य अंकले बढेको बजारमा पनि आज दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । न्यादी हाइड्रोपावर र सामलिङ पावर कम्पनीका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् ।

यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.३३ प्रतिशत, समृद्धि फाइनान्स ७.७३, नारायणी विकास बैंक ७.३९ र छ्याङ्रदी हाइड्रोपावरको सेयर मूल्य ५.२६ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here