पर्यटक आगमन उत्साहजनक, एक महिनामा २६ हजार भित्रिए

काठमाडौं, १६ मंसिर । नेपालमा पछिल्ला दिनमा पर्यटक आगमन उत्साहजनक देखिएको छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार पूर्ण खोप लगाएका पर्यटकलाई क्वारेन्टाइन बस्नु नपर्ने व्यवस्था गरेसँगै नेपालमा विदेशी पर्यटकको संख्या बढेको हो ।

तथ्यांक अनुसार नोभेम्बरमा मात्र २६ हजार १ सय ३५ पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या अक्टोबरमा २३ हजार २ सय ८४ थियो ।

नेपाल भित्रिएका पर्यटकमध्ये सबैभन्दा बढी भारतीय छन्। नोभेम्बर महिनामा भारतबाट मात्रै १० हजार ४ सय २१ जना भित्रिएका छन् भने अमेरिकाबाट मात्रै ३ हजार ७ सय ८२ जना नेपाल भित्रिएका छन्।

बोर्डका अनुसार २०२१ भरी कुल १ लाख २६ हजार २ सय ८३ जना पर्यटक नेपाल भित्रिएका छन्।

सन् २०२० मा दुई लाख ३० हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here