महालेखालाई आफ्नो काम स्वतन्त्रतापूर्वक गर्न दिनुपर्छः सभामुख महरा

काठमाडौं, १५ असार । महालेखापरीक्षकको कार्यालयले आफ्नो स्थापनाको ६१ औं वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सव उद्घाटन गर्दै सभामुख कृष्णबहादुर महराले महालेखाले आफ्नो कार्य स्वतन्त्रपुर्वक गर्नसक्ने वातावरण निमार्ण गर्नुपर्ने बताए ।

महालेखापरीक्षकको कार्यलयलाई संविधानले नै विभिन्न प्रकारका अनियमितताहरुमा कलम चलाउने अधिकार दिएको कारण यसमा कसैले पनि हस्तक्षेप गर्न नहुने उनको धारणा थियो ।

‘महालेखापरीक्षकको कार्यलयलाई संविधानले नै स्वतन्त्र रुपमा कलम चलाउने अधिकार दिएको छ’, उनले भने ‘यसमा सरकारी वा गैरसरकारी कुनै पनि संस्थाहरुको हस्तक्षेप गर्नुहुँदैन् ।’

‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा पुरा गर्नमा महालेखापरीक्षक कार्यालयको महत्वपूर्ण भूमिका हुने पनि उनले बताए ।

यसका साथै आवश्यक नीति तथा कानुनहरुको निर्माण गर्दै महालेखाको कार्यलाई अझै शक्तिशाली बनाउनु पर्नेमा उनले जोड दिए ।

सीमित स्रोत र साधनको उपयोग गर्दै तीनवटै तहको प्रतिवेदन प्रस्तुत गरेको विषयबाट अन्य क्षेत्रहरुले पनि शिक्षा लिनुपर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै महालेखापरीक्षक टंकमणि शर्माले यो भन्दा पहिले वर्षको एकपटक मात्रै प्रतिवेदन बुझाउने व्यवस्था रहेता पनि आगामी आर्थिक वर्षबाट आवश्यक परेको खण्डमा जुनसुकै समयमा जुनसुकै संस्थाहरुको बारेमा प्रतिवेदन प्रस्तुत गर्ने अधिकार प्राप्त भएको बताए ।

‘अब हामी शक्तिशाली भएका छौैं’, उनले भने, ‘आवश्यक परेको खण्डमा हामीलाई जुनसुकै समयमा जुनसुकै संस्थाको बारेमा पनि प्रतिवेदन प्रस्तुत गर्न पाउने अधिकार प्राप्त भएको छ ।’

महालेखापरीक्षक शर्माले कतिपय कम्पनी वा संस्थाहरुले महालेखाले आफ्नो अधिकारभन्दा बाहिरको काम गरेको भन्ने आरोपको खण्डन गर्दै संबिधानको मर्म अनुसार नै महालेखापरीक्षकले काम गरेको बताए ।

कार्यक्रममा महालेखापरीक्षकको विभिन्न समयमा योगदान दिएका कर्मचारीलाईलाई सम्मान पनि गरीएको थियो ।

साथै, कार्यक्रममा स्थापनाकाल देखिका अहिलेसम्मका महालेखापरीक्षका परिवारलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here