विश्व आर्थिक मञ्चको सम्मेलनमा भाग लिन सीएनआई प्रतिनिधिमण्डल चीनतर्फ

काठमाडौं, १५ असार । चीनको डालियान अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा यहि जुलाई १ देखि ३ तारिखसम्म हुने विश्व आर्थिक मञ्चको वार्षिक सम्मेलनमा भाग लिन नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डल त्यस तर्फ प्रस्थान गरेको छ ।

परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेतृत्व गरेका उक्त प्रतिनिधि मण्डलमा परिसंघका उपाध्यक्ष अनुज अग्रवाल तथा सुलभ अग्रवाल, राष्ट्रिय परिषद सदस्य आश्मि राणा तथा सदस्य मनोज गोयल रहेका छन् ।

उक्त प्रतिनिधि मण्डलले चीनमा रहदा चिनको अन्तराष्ट्रि व्यापार प्रवद्र्धन परिषदका उच्च पदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्ने छ । भेटघाटमा चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा लगानी बढाउन परिसंघले आग्रह गर्ने कार्यक्रम छ ।

बंगलादेशबाट उक्त सम्मेलनमा भाग लिन डालियानमा आउने मन्त्री लगायत उच्च पदस्थ अधिकारीहरुसंग समेत नेपालको लगानीको वातावरणका सम्बन्धमा छलफल हुने कार्यक्रम तय भएको परिसंघले जानकारी दिएको छ ।

नेपालको प्रतिनिधि मण्डलले डालियानमा रहँदा अन्य देशहरुका प्रतिनिधिमण्डलसँग समेत सहकार्यका लागि छलफल गर्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here