नेसनल हाइड्रोको वितरणयोग्य रकम ५८ करोड ७४ लाख, प्रति शेयर अम्दानी कति ?

काठमाडौं, १९ मंसिर । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले ५८ करोड नाफा कमाएको छ ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले ५८ करोड ७४ लाख रुपैयां नाफा कमाएको उल्लेख गरेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको नाफा २ करोड ३७ लाख ६५ हजार रुपैयाँमात्र थियो।

एक वर्षमा कम्पनीको नाफा ५६ करोड ३६ लाख ७८ हजार रुपैयाँले बढेको विवरणमा उल्लेख छ।

तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको बोलकबोलमा गरिएको लगानीमध्ये ६१ करोड ७२ लाख रुपैयाँ प्रोभिजन राइट ब्याक गरेकाले नाफा बढेको हो।

यसअवधिमा कम्पनीले १ करोड ३५ लाख ७६ हजार रुपैयाँ रेभिन्यू संकलन गरेको विवरणमा उल्लेख छ।

नेशनल हाईड्रोको समीक्षा अवधिमा वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४१.३१ रुपैयां र प्रतिसेयर नेटवर्थ ११६।७६ रुपैयां रहेको छ ।

चुक्ता पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ र जगेडा कोषमा २३ करोड २२ लाख ३८ हजार रुपैयाँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here