वित्तीय साक्षरता बढाउन धितोपत्र बोर्डले अन्तराष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं, १५ असार । नेपाल धितोपत्र बोर्डले वित्तीय साक्षरता अभिवृद्धिका लागि काम गर्दै आएको अन्तराष्ट्रिय संस्था ओइसिडीको सहकार्यमा दुई दिने अन्तर्रा्ष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

असार १७ र १८ गते काठमाडौंको याक एण्ड यति होटलमा हुने ‘ओइसिडी सेबोन कन्फ्रेन्स एण्ड राउण्डटेबल अन फाइनान्सियल प्रोटेक्सन एण्ड एजुकेसन इन एसीया प्यासिफिक विषयक’ दुई दिने सम्मेलनमा विभिन्न देशका १२५ जनाको सहभागिता हुनेछ ।

सम्मेलनको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्नेछन् । अमेरिका, दक्षिण अफ्रिका, काजाकिस्तान, सिंगापुर, थाइल्याण्ड, भूटान, चिन र भारत लगायत देशहरुका साथै यससँग सम्बन्धित अन्य संस्थाहरुबाट प्रतिनिधित्व गर्नेछन् ।

बार्डका अनुसार सम्मेलनमा अन्तरराष्ट्रिय संस्थाहरु र पूर्व एशियाली तथा सार्क राष्ट्रका वित्तीय क्षेत्रका नियमनकारी निकायहरुका प्रतिनिधि गरी ४० जना वित्तीय क्षेत्र तथा वित्तीय साक्षरताको अन्तरराष्ट्रिय विज्ञहरुको सहभागिता सहित नेपाल सरकार–अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज, अन्य धितोपत्र बजार सहभागी, बैंकर्स एसोशियसन, लगानीकर्ताका संघहरु लगायतका संस्थाहरुका प्रतिनिधी तथा विश्व विद्यालयका प्राध्यापकहरु गरी कुल १२५ जनाको सहभागिता रहने छ ।

प्रतिशत रहेको तर नेपालमा वित्तीय साक्षरता कुल जनसंख्यामा १८ प्रतिशत मात्र भएकोले यस्ते सम्मेलनले वित्तीय साक्षरता अभिवृद्धि गर्न सघाउने नेपाल धितोपत्र बोर्डको अध्यक्ष डा रेवतबहादुर कार्कीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here