निक्षेपमा तुलनामा वाणिज्य बैंकहरूको कर्जा लगानी दोब्बर बढ्यो

काठमाडौं, २० मंसिर । पछिल्ला एक सातामा वाणिज्य बैंकहरूको कर्जा लगानी निक्षेपमा तुलनामा दोब्बरले बढेको छ ।

पछिल्ला महिना बैंकहरुमा लगानीयोग्य रकमको चर्को अभाव भएता पनि बैकहरुले कर्जा लगानी दोब्बरले बढाएका छन् ।

नेपाल बैंकर्स संघको अनुसार गत सातामा कुल ४२ खर्ब १९ करोड रुपैयाँ कुल निक्षेप रहेको बैंकहरुमा मंसिर १७ गतेसम्म कुल ४२ खर्ब २६ अर्ब रुपैयाँ कायम भएको छ ।

जुन अघिल्लो साताको तुलनामा ७ अर्बले बढेको हो ।

गत साता वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४० खर्ब ५५ अर्ब रुपैयाँ भएकोमा मंसिर १७ गतेसम्म कुल ४० खर्ब ६९ अर्ब रुपैयाँ पुगेको हो ।

निक्षेपमा तुलनामा कर्जा लगानी दोब्बरले बढेको छ । अहिले बैंकिङ प्रणालीमा तरलताको अभाव हुँदा बैंकहरु लगानी नै गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

कात्तिक महिनामा मात्रै वाणिज्य बैंकहरुबाट ३६ अर्ब निक्षेप घटेको थियो । यस अवधिसम्म बैंकहरुको सिडी रेसियो ९१.२४ प्रतिशत रहेको छ । असार मसान्तभित्र सीडी रेसियोलाई ९० प्रतिशतभन्दा मुनि झार्नुपर्ने बाध्यकारी व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here