शेयर बजारमा दोहोरो अंकको कमब्याक, धेरै मूल्य बढ्नेमा विकास बैंक र हाइड्रो

काठमाडौं, २० मंसिर । शेयर बजारमा सुधार आएको छ । पछिल्ला दुई दिनमै १२० अंकले घटेको बजार सोमवार दोहोरो अंकले बढेको हो ।

विहीवार ४९ अंक र आइतवार ७० अंकले ओरालो लागेको नेप्से सोमवार ३२. २२ अंकले बढेर २५४६.०९ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२७ कम्पनीको ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँ बराबरको ९४ लाख ७१ हजार ३११ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहकै परिसूचक हरियाली भएका छन् । धेरै कमाउनेमा फाइनान्स र विकास बैकका लगानीकर्ता रहेका छन् ।

बैंकिङ समूहको शेयर १३ अङ्कले, विकास बैंकको एक सय ५७, होटलको ४१ फाइनान्सको ५७ ,माइक्रोफाइनान्सको ६५ र जलविद्युत् समूहको शेयर ८२ अङ्कले बढेको छ ।

यस्तै उत्पादन समूहको शेयर ६२ अङ्कले, जीवन बीमा समूहको एक सय २२ अङ्कले, निर्जीवन बीमा समूहको २६ र अन्य समूहको शेयर ३१अङ्कले बढेको छ ।

एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरु मेरो माइक्रो फाइनान्स रहेको छ ।

यसको शेयरमूल्य १० प्रतिशतले बढेको छ । एक्सेल डेभलपमेन्ट बैंकको मूल्या ९.५५ प्रतिशतले बढेको छ । त्यस्तै, आज जनउत्थान सामूदायिक लघुवित्त र न्यादि हाइड्रो पावारको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

आज जनउत्थान सामूदायिक लघुवित्त कम्पनीको शेयरमूल्य करिब ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नविल बैंकको भएको छ । यस बैंकको आज १७ करोडभन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here