आइफा अवार्डलाई ४४ कराेड दिने सरकारी निर्णयकाे साझा पार्टीद्वारा विराेध

काठमाडौं, १५ असार । भारतिय निजी संस्थाको आयोजनामा काठमाडौंमा हुने भनिएको फिल्म अवार्ड समारोह (आइफा) को सम्पूर्ण खर्च नेपाल सरकार आफैंले व्यहोर्ने निर्णयको साझा पार्टीले विरोध गरेको छ ।

आइतबार एक विज्ञप्ती जारी गर्दै पार्टीका प्रवक्ता सूर्यराज आचार्यले यस विषयमा साझा पार्टी नेपालको गम्भिर ध्यानाकर्षण भएको बताएका हुन् ।

सरकारको निर्णय मार्फत् ४४ करोड कार्यक्रमको लागि दिने र आगन्तुकहरुको सम्पूर्ण खर्च समेत सरकारले नै व्यहोर्ने निर्णय अनुचित र असान्दर्भिक रहेको साझा पार्टीले बताएको छ ।

यस अघि विभिन्न मुलुकमा भएका यही कार्यक्रमको लागि सरकारी तहबाट कुनै प्रकारको आर्थिक सहयोग नरहेको कारण यो कार्यक्रममा पनि सरकारको कुनै आर्थिक सहयोग गर्न नहुने साझा पार्टीको माग छ ।

निजी संस्थाको कार्यक्रमको लागि बिना औचित्य करोडौँ खर्चिने सरकारी निर्णयले राज्यकोषको चरम दुरुपयोग हने भएकोले उक्त निर्णय फिर्ता लिन र नेपाली चलचित्र क्षेत्रको विकासमा केन्द्रित हुन समेत सरकारलाई साझा पार्टीले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here