विवाहको दिन बुद्धको जहाज चढ्ने जोडीलाई पोखराको नि:शुल्क टिकट

काठमाडौं, २१ मंसिर । निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले बेहुला बेहुलीको लागि नि:शुल्क टिकट दिने भएको छ ।

मंगलवार एक विज्ञप्ति निकाल्दै विवाहको दिन नव विवाहित जोडीलाई पोखरासम्मको दुईतर्फी टिकट उपहार दिने जनाएको हो ।

यस्तो अफर लिनका लागि बेहुला-बेहुलीले बुद्धको जहाजमा यात्रा गरेको र त्यो यात्राका क्रममा खिचएको तस्बिर समाजिक सञ्जालमा पोष्ट गरेर बुद्ध एयरलाई ट्याक गर्नुपर्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here