दोहोरो अंकले घट्यो नेप्से, धेरै गुमाउने फाइनान्सका लगानीकर्ता

काठमाडौं, २१ मंसिर । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक नेप्से ३७.१८ अंकले घटेर २५०८.९१ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३१ कम्पनीको ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७०० रुपैयाँ बराबरको ८३ लाख ३० हजार ९३ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूह मध्ये १० वटाको परिसूचक राताम्मे भएका छन् । भने दुइवटा बढेका छन् । धेरै गुमाउने फाइनान्सका लगानीकर्ता रहेका छन् ।

बैंकिङ समूहको शेयर १३ अङ्कले, विकास बैंकको एक सय ४०, होटलको ४९, फाइनान्सको ९०, माइक्रोफाइनान्सको ७२ र जलविद्युत् समूहको शेयर ७४ ले घटेको छ ।

यस्तै उत्पादन समूहको शेयर ९२ अङ्कले, जीवन बीमा समूहको ७३ अङ्कले, निर्जीवन बीमा समूहको १६० घटेको छ । र अन्य समूहको शेयर ५६ अङ्कले बढेको छ ।

आज अधिकांश म्युचुअल फण्डमा सामान्य वृद्धि देखिएको छ । आईसीर्एफसी फाइनान्सको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।

आज यस कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशत भन्दा बढीले घटेको छ । हिमालयन फाइनान्स, रिलायन्स फाइनान्स, श्री इन्भेष्टमेन्ट, सेन्टर फाइनान्स, मेरो माइक्रोफाइनान्स, गुडविल फाइनान्स र सामलिङ पावरका लगानीकर्ताले पनि ५ प्रतिशभन्दा धेरै गुमाएका छन् ।

यस्तै, कारोबारको आधारमा प्राइम कमर्शियल बैंकको सर्वाधिक कारोबार भएको छ ।

यसको १२ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, महालक्ष्मी विकास बैंक साढे ११ करोड र आइसीएफसी फाइनान्स ११ करोडको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here