गलत उद्धेश्यबाट निर्देशित पैसा भित्रन दिइदैन – प्रधानमन्त्री ओली

क्लाउडपत्रिका

काठमाडौं, १२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले गलत उद्देश्यबाट निर्देशित पैसा देशमा भित्रन नदिइने बताएका छन् ।

तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) सँग आवद्ध इन्जिनियरहरुको एकता घोषणा कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

‘गलत उद्धेश्यका साथ गलत च्यानलबाट डलर, युरो बाँडेर समाज बिथोल्ने कार्य हुन सक्दैन । नेपाल भित्रने पैसा बैंक मार्फत र उद्धेश्य स्पष्ट गरेर मात्र ल्याउन पाइन्छ,’ ओलीले भने ।

प्रधानमन्त्री ओलीले विकासका काममा ढिलाइ गर्न नुहने र गुणस्तरको ख््याल गर्नु पर्ने बताएका छन् । देश अहिले विकासको महाअभियानमा भएकोले यसमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । सरकारलाई जनताले देश अघि बढाउने अधिकार सहितको अभिभारा सुम्पिएकोले त्यसबाट दाँयाबाँया नगरिने पनि उनले बनाए । देश विकासका लागि जनतामा आत्मविश्वास बढाउनु उनको धारणा थियो ।

प्रधानमन्त्री ओलीले दुई संगठनको एकीकरणपछि गठन भएको प्रोग्रेसिभ इन्जिनियरीङ एसोसिएसन नेपाललाई बधाइ दिए । एकतावद्ध संगठनले देशको विकासको नक्सांकन पनि थप मजवुत ढंगले गर्ने विश्वास पनि उनले व्यक्त गरे ।
संगनठले मुक्तिबहादुर श्रेष्ठ संयोजक र हरिराम पराजुली महासचिब रहेको ९५ सदस्यीय कार्यसमिती गठन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here