केएफसीको १३औँ शाखा हेटौंडामा

काठमाडौं, २२ मंसिर । अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा तेह्रौँ शाखा बिस्तार गरेको छ।

अन्तराष्ट्रिय फूड चेन ब्रान्ड केएफसीले नेपालको १३औँ शाखा हेटौंडा उपमहानगरपालिका-२, चौकीटोलस्थित भाटभटेनी डिपार्टमेन्टल स्टोरमा खोलेको छ ।

यस आउटलेटमा केएफसीका विभिन्न परिकारका साथै चिकेनका परिकार पाइने कम्पनीले जनाएको छ ।

केएफसीले कोभिड-१९ रोकथामका लागि विश्वस्तरीय सुरक्षा नीति अपनाउँदै आफ्ना ग्राहकका लागि विभिन्न स्वादिष्ट परिकारहरू उपलब्ध गराउँदै आएको जनाएको छ ।

जसका लागि स्वच्छता, जाँच, सामाजिक दुरी र कन्ट्याक्टलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको छ । रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरूको सरसफाइ, निर्मलीकरण गर्ने गर्छ ।

कर्मचारीहरूले हरेक ग्राहकलाई सेवा दिएपश्चात आफ्ना हात र झोला निर्मलीकरण पनि गर्ने गर्छन । हरेक ग्राहकबीच ६ फिटको सामाजिक दुरी कायम गर्दै रेस्टुरेन्टमा आउने ग्राहक र सेवामा रहेका कर्मचारीबीच सामाजिक दुरी कायम राख्न स्टिकरलागयत समानको प्रयोग गरी अझ व्यवस्थित गरेको छ ।

यो रेस्टुरेन्टमा एक पटकमा ४४ जना ग्राहकले सेवा लिन सक्ने छन् । रेष्टुरेन्टले बिहान ९ बजेबाट रातको ८ः३० बजेसम्म डाइन(इन र टेक अवेमार्फत सेवा दिइरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here