वेबसाइट र्‍या‌ङ्किङ मापन गर्ने साइट ‘एलेक्सा’ पूर्णरूपमा बन्द हुँदै

काठमाडौं । विश्वव्यापी वेबसाइट र्‍या‌ङ्किङ मापन गर्दै आएको साइट एलेक्सा बन्द हुने भएको छ । अमेजनले आफ्नो सहायक कम्पनी एक विज्ञप्ति निकाल्दै आउँदो मे १ तारिखबाट पूर्णरुपमा बन्द गर्न लागेको जनाएको हो ।

वेबसाइटको मापन गर्दै आएको यो साइट विगत २५ वर्षदेखि सञ्चालनमा छ । एलेक्साले कुनै पनि वेबसाइटमा आउने ट्राफिक डेटाका आधारमा वेबसाइटहरूको र्‍याङ्किङ मापन गर्ने गर्छ ।

एलेक्साले कुनैपनि वेबसाइटको सर्च इन्जिन अप्टमाइजेसन (एसइओ), अन्य प्रतिस्पर्धी कम्पनीको वेबसाइटको एनालिटिक डेटा समेत उपलब्ध गराउँदै आएको थियो ।

अमेजनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘दुई दशकभन्दा बढी तपाईंहरुलाई सेवा दिन पाउनु एक महत्वपूर्ण अवसर थियो । तर, अब भने हामी यसलाई बन्द गर्दैछौं । जुन हाम्रा लागि एकदमै कठिन निर्णय हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here