झिनो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ६७ करोडमा सिमित

काठमाडौं, २३ मंसिर । शेयर बजारमा झिनो अंकको गिरावट आएको छ ।

साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से ५.८४अंकले घटेर २४४९.९७ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २३१ कम्पनीको २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७९१ रुपैयाँ बराबरको ६२ लाख २३ हजार २२१ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूह मध्ये १० परिसूचक राताम्मे भएका छन् । भने तीन वटाको परिसूचकमा हरियाली छाएको छ । धेरै गुमाउने हाइड्रोपावरका लगानीकर्ता रहेका छन् ।

बैंकिङ समूहको शेयर २ अङ्कले, विकास बैंकको २१, फाइनान्सको १६, माइक्रोफाइनान्सको २५, जलविद्युत् समूहको शेयर १७ घटेको छ । होटलको १८ अंकले बढेको छ ।

यस्तै उत्पादन समूहको शेयर २४ अङ्कले, जीवन बीमा समूहको ३४ अङ्कले, निर्जीवन बीमा समूहको ६० घटेको छ । र अन्य समूहको शेयर ४ अङ्कले बढेको छ ।

कारोबारको आधारमा हिमालयन डिष्टीलरी सर्वाधिक ८८ करोड ५५ लाखको कारोबार भएको छ ।

आज सर्वाधिक मुल्य घट्ने कम्पनीहरुमा सामलिङ पावर कम्पनी, मैलुङ खोला जलविद्युत्त कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था , स्वाभिमान लघुवित्त वित्तीय संस्था, घलेम्दी हाइड्रो र श्री इन्भेष्टमेन्ट आदि कम्पनीहरु रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here