थप २११ जनामा कोरोना पुष्टी, ३२९ जना संक्रमण मुक्त

काठमाडौं, २३ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १४३३ जनाको एन्टिजेन परीक्षण गर्दा १४ गरी २११जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २३ हजार ५५४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३२९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ५ हजार ९०० पुगेको छ । संक्रिय संक्रमितको संख्या ६ हजार १०५ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५४४९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here