नेपाली बजारमा एमजी हेक्टरको आधिकारिक विक्री शुरु, यस्तो छ मूल्य

काठमाडौं । एमजी मोटर्सको आधिकारीक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले बहुप्रतिक्षित कार हेक्टरको नेपाली बजारमा विक्री शुरु गरेको छ ।

कम्पनीले बिहिबार आफ्नो नक्साल शोरुममा सो कार विक्री शुरु गरेको हो । कम्पनीले हेक्टरको साइन, सार्प र स्मार्ट गरी तीन भेरियन्ट नेपाल ल्याएको हो ।

एमजीले भारतमा उत्पादन गरेको हेक्टर पहिलो पटक नेपाल आएको हो । एसयुभीका अन्य भेरियन्टसँग तुलना गर्दा यो नेपाली सडक र ट्राफिकलाई उपयुक्त हुने कम्पनीको दाबी छ ।

साइन भेरियन्टको म्यानुयल र अटोमेटिक भेरियन्टको मूल्य क्रमशः ५९ लाख ९९ हजार र ६४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी, स्मार्ट भेरियन्टको म्यानुअलको ६७ लाख ९९ हजार र अटोमेटिकको ७० लाख ६० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, सार्प भेरियन्टको म्यानुअल ७३ लाख ९९ हजार र अटोमेटिकको ७८ लाख २५ हजार रुपैयाँ रहेको छ ।

एसयुभि क्याटेगरिमै पहिलोपल्ट बोल्ड फ्रन्ट क्रोम ग्रिल प्रोजेक्टर हेडल्याम्प र स्टाइलिस आर १७ सिल्भर एलोइज इलेक्ट्रिक, सनरुफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ, ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै प्रमुख विशेषताहरु छन् जसले हेक्टरलाई बेन्चमार्कको रुपमा खडा गरिएकाे कम्पनीले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here