नाडा अध्यक्षमा ध्रुव थापा विजयी, कार्यसमिति सदस्यमा चौधरी पक्षको बहुमत

काठमाडौं, २४ मंसिर । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् ।

फोर्स मोटरका अधिकृत बिक्रेता तथा पोखराका अटो व्यवसायी थापा प्रतिद्वन्द्वी करण चौधरीलाई पराजित गर्दै नाडा अध्यक्षमा विजयी भएका छन्।

थापाले एक हजार ४१३ मत पाए भने चौधरीले एक हजार ३४७ मत पाएका थिए । नाडाको निर्वाचनमा थापा र चौधरी प्यानलनै बनाएर प्रतिस्पर्धा गरेका थिए ।

सदस्यतर्फ ध्रुव थापा प्यानलबाट ५ जना र चौधरीको प्यानलका १२ जना विजयी भएका छन् । थापा पक्षबाट निराकार श्रेष्ठ, आकाश गोल्छा, कपिल शिवाकोटी, प्रदीपमान प्रधान र यमुना श्रेष्ठ निर्वाचित भएका छन् ।

चौधरी पक्षबाट राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, अनुपकुमार बराल, मिलनबाबु मल्ल, अभिक ज्योति, प्रकाश कपुरी, बिक्रम सिंहानिया, बरदान बस्नेत, निलमणि पाठक, पंकज अग्रवाल र गोपाल भट्टराई विजयी भएका छन् ।

यस्तै ७ जना संस्थागत सदस्य भने निर्विरोध निर्वाचित भएका छन्। मोहनबाबु खड्का, तेजनारायण साह, शुभाष आचार्य, पुष्करराज ओझा, गणेश प्रसाद भट्टराई, सुदेश कुमार श्रेष्ठ र भद्र भण्डारी निर्विरोध निर्वाचित भएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here