यी हुन् कांग्रेसका उम्मेदवार, आज उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि शनिबारबाट चुनावी प्रक्रिया सुरु भएको छ ।

शनिबार १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका हुन् ।

तर शनिबार उम्मेदवारी दिएका उनीहरूमध्ये मनोनय फिर्ता लिने चाहनेहरूले आइतबार बिहान ११ बजेसम्म फिर्ता लिन सक्छन्। यसपछि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।

मतदानचाहिँ सोमबार बिहान ८ बजे सुरु गर्ने कार्यतालिका छ।

निर्वाचन समितिका अनुसार एक सभापति पदमा ६, दुई उपसभापति पदमा ७ र दुई महामन्त्री पदमा ६ जनाको उम्मेदवारी दर्ता भएको छ।

सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्रम अनुसार सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवालो उम्मेवादरी दर्ता गराएको समितिले जानकारी दिएको छ ।

दुई उपसभापति पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा महेश आचार्य, सुजाता कोइराला, डा चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार रहेका छन् ।

दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा गगनकुमार थापा, डा मिनेन्द्र रिजाल, विश्वप्रकाश शर्मा, डा राजाराम कार्की, प्रदीप पौडेल र डा प्रकाशशरण महत रहेका छन् ।

मतदानका लागि भृकुटीमण्डप‚ महेन्द्र पुलिस क्लब र राष्ट्रियसभा गृहमा व्यवस्था मिलाइने निर्वाचन समितिले जनाएको छ। मतदान मतपत्र मार्फत गर्नु पर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here