अमेरिकी डलरको भाऊ १७ महिनाकै उच्च, एक डलर बराबर १२१.५३ रुपैयाँ पुग्यो

काठमाडौं,२६ मंसिर । अमेरिकी डलर १७ महिना यताकै महँगो कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतवारका लागि सार्वजनिक गरेको विनीमयदर अनुसार १ अमेरिकी डलरको बिक्रीदर एक सय २१ रुपैयाँ ५३ पैसा तोकिएको छ । सोही दिन एक अमेरिकी डलरको खरिद दर १ सय २० रुपैयाँ ५३ पैसा छ ।

केही महिनायता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९९ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रीदर ४०१ रुपैयाँ २० पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३३ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रीदर ३३ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ४४ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय २० रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय २२ रुपैयाँ २४ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here