३ अंकले घट्यो नेप्से, ३७ करोडको कारोबार

काठमाडौं, १६ असार । सोमबार नेप्से परिसूचक २.८६ अंकले घटेर १ हजार २ सय ४२.०३ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२३ प्रतिशत कम हो ।

कारोबारमा आएका उपसमुहमध्ये विकास बैंक, जलविद्युत, उत्पादन र जीवन बिमा उपसमुहका परिसूचक बढे भने अन्य सबै उपसमुहको परिसूचक घटे ।

सोमबार ५ हजार ९ सय ७१ कारोबारबाट १ सय ६९ कम्पनीको १२ लाख २१ हजार ४ सय कित्ता शेयर किनबेच भए ।

उक्त किनबेचबाट ३७ करोड ४७ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here