नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन

काठमाडौं, २६ मंसिर । नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा चन्द्र टण्डन चयन भएका छन्। संघको १६औं वार्षिक साधारण सभाले चन्द्र टण्डन ( सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि.)को अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

कार्यसमितिमा रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट ईन्टरनेशनल प्रा.लि.), सञ्जय सिग्देल महासचिव ( सूर्या रेमिट प्रा.लि. ) ईन्द्र प्रसाद शर्मा कोषाध्यक्ष ( आईपे रेमिट प्रा.लि. ) तथा सचिवमा दिपेन्द्र खनाल ईजिलिङ्क रेमिट्यान्स प्रा.लि. चयन भएका छन्।

यसैगरी सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर प्रा.लि.), दिवाकर पौडेल ( जिएमई रेमिट प्रा.लि.), सञ्जिव पाठक ए टि टि रेमिट प्रा.लि.), चयन भएका छन्।

त्यस्तै अध्यक्षबाट मनोनित सदस्यमा युमा श्रेष्ठ ( हिमालयन बैंक लि. ) र रामेश्वर सापकोटा (प्रभू मनिट्रान्सफर प्रा.लि. ) रहेका छन्। टन्डन यसअघि उपाध्यक्ष थिए।

कार्यक्रमलाई सम्बोधन गर्दे नवनिर्वाचित अध्यक्ष चन्द्र टण्डनले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि कामगर्ने प्रतिबद्धता ब्यक्त गरे ।

नव निर्वाचित अध्यक्ष टण्डनले आइएमई र आईएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालको भूमिकाको स्मरण गर्दे उनको अथक मिहिनेत र प्रयासबाट नै रेमिट्यान्स क्षेत्र यति ठूलो व्यबसायको क्षेत्र बनेको उल्लेख गरे ।

त्यस्तै प्रभू ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन लगायत यस क्षेत्रलाई योगदान पुर्याउने सम्पूर्ण अग्रजहरुको भूमिकालाई विशेष स्मरण गर्दे उनीहरुको योगदानको उच्च कदर गरेका थिए । साथै अबका दिनमा रेमिट्यान्स व्यबसायलाई अझ ब्यवस्थित र प्रविधिमैत्रि बनाउन आफू लागी पर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here