हकप्रद शेयर निष्कासनका लागि ७ वटा कम्पनी पर्खाइमा, कुनको कति ?

काठमाडौं, २६ मंसिर । विभिन्न कम्पनीहरूको २ अर्ब ७३ करोड ८८ लाख ६४ हजार ६ सय रुपैयाँ बराबरको हकप्रद शेयर आउँदै छ।

नेपाल धितोपत्र बोर्डको तथ्यांकमा अनुसार ७ वटा कम्पनी हकप्रद शेयर निष्काशन तथा स्वीकृतिका लागि पर्खाइमा रहेका छन् । नेपाल धितोपत्र बोर्डमा प्रमुखको नियुक्तीमा केही ढिलाइ हुँदा हकप्रदको निवेदन स्वीकृत हुन समय लागेको छ।

जसमा इन्स्योरेन्स कम्पनी, विकास बैंक, फाइनान्स कम्पनी र हाइड्रो कम्पनीहरू शेयरधनीलाई हकप्रद दिने अन्तिम तयारीमा रहेका छन्।

शिखरले कम्पनीले १०:३ को अनुपातमा ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद निष्काशनको अनुमति मागेको छ ।

जसको लागि जेठ २५ गते आवेदन दिएको छ । कम्पनीले हकप्रद शेयर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

अनुमति माग्नेमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । कर्पोरेट बैंकले १:१: ५० को अनुपातमा ३० करोड बराबरको ३० लाख कित्ता शेयर निष्काशन अनुमति मागेको छ । उक्त आवेदन बोर्डको प्रारम्भिक अध्ययनको क्रममा रहेको छ ।

छ्याङदी हाइड्रोपावर कम्पनीले बैशाख १५ गते हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

अनुमति पाएपछि १०: ३० को अनुपातमा ३० प्रतिशतले हुन आउने ८ करोड ९३ लाख २ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

अपी पावर कम्पनी लिमिटेडले २९ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

कम्पनीले १ः०.२९ अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल फाइनान्सले ७० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति मागेको छ । १ कित्ता बराबर ०.७० कित्ता हकप्रद निश्कासन गरेपछि फाइनान्सको चुक्ता पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७ सय ५२ रुपैयाँ ५० पैसा पुग्नेछ।

समृद्धि फाइनान्स कम्पनीले २: १ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग गरेको छ । कम्पनीले २७ करोड २९ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा साउन १५ गते आवेदन दिएको छ ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले १०ः४ अनुपातमा हकप्रद शेयर निष्कासनको अनुमति मागेको छ ।

कुन कम्पनीको कति ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here