शेयर बजारमा उच्च अंकको गिरावट, नेप्से परिसूचक २३०० मा ओर्लियो

काठमाडौं, २६ मंसिर । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ८८.७० अंकले घटेर २३६१.२७ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार २२८ कम्पनीको ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार २५१ रुपैयाँ बराबरको ७२ लाख २३ हजार २४० कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् । बैंकिङ समूहको शेयर ४४ अङ्कले, विकास बैंकको दुई सय ८१, होटलको ८७ , फाइनान्सको १००, माइक्रोफाइनान्सको १८६ र जलविद्युत् समूहको शेयर १२४ ले घटेको छ ।

यस्तै उत्पादन समूहको शेयर १८६ अङ्कले, जीवन बीमा समूहको ५०७ अङ्कले, निर्जीवन बीमा समूहको ४९० घटेको छ । र अन्य समूहको शेयर ६३ अङ्कले घटेको छ । आइतबार सबैभन्दा बढी मञ्जुश्री फाइनान्सको कारोबार भएको छ । ञ्जुश्री को १९ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।

सबैभन्दा धेरै गुमाउने १० वटा कम्पनीका लगानीकर्ता परेका छन् । जसमा सबैभन्दा धेरै नयाँ सारथी लघवित्तका लगानीकर्ताको लगानी १० प्रतिशतभन्दा बढीले घटेको छ ।

त्यस्तै ९ प्रतिशतभन्दा बढी शेयर मूल्य घट्नेमा कालिका पावर, जानकी फाइनान्स, जोशी हाइड्रो पावर, समता घरेलु लघुवित्त, मैलुङ खोला जलविद्युत,स्वाभिमान लघुवित्त र लक्ष्मी इक्वटी फण्ड रहेका छन् ।

मौद्रिक नीतिको समीक्षापछि निरन्तर ओरालो लागेको शेयर बजार आइतबार चालु आर्थिक वर्षकै न्यून बिन्दुमा झरेको छ।

गत आर्थिक वर्ष २०७७/०७८ को अन्तिम दिन असार ३१ गते बजार ३०२२.११ मा पुगेर रोकिएको थियो।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति २०७८ साउन २९ मा जारी गर्दा सेयर कर्जामा व्यक्तिगत तर्फ ४ करोड र संस्थागत १२ करोडको सीमा तोकेसँगै बजार निरन्तर ओरालो लागि रहेको छ ।

राष्ट्र बैंकले अघिल्लो सार्वजनिक गरेको समीक्षामा शेयर धितो राखेर लिइने कर्जाको सीमामा कुनै पनि हेरफेर नगरेपछि लगानीकर्ताहरु आत्तिए बिक्रीको चाप बढ्दै गएको छ । जसका कारण शेयर बजारमा भारी गिरावट आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here