उच्च अंकले बजार घट्दा लगानीकर्ताको रोजाइमा मञ्जुश्री फाइनान्सको शेयर

काठमाडौं, २६ मंसिर । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

साताको कारोबारको पहिलो दिन शेयर बजारमा पहिरो जाँदा लगानीकर्ताको रोजाइमा मञ्जुश्रीको शेयर परेको छ ।

त्यसदिन मञ्जुश्री फाइनान्सको यसको ३१ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, नेशनल हाइड्रोपावरको १३ करोड र नबिल बैंकको ११ करोडको कारोबार भएको छ ।

मञ्जुश्रीले शुक्रवार आकर्षक लाभांश घोषणा गरेको थियो । फाइनान्सले सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) दिने भएको हो ।

फाइनान्सले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

हाल ९६ करोड ५३ लाख ९४ हजार ८९२ रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको बोनस वितरणपछि चुक्ता पूँजी १ अर्ब ३५ १५ लाख ५२ हजार ८४९ रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here