नेपाल चीन चेम्बरको अध्यक्षमा त्रिभुवनधर निर्विरोध निर्वाचित

काठमाडौं, १६ असार । नेपाल चीन उद्योग वाणिज्य संघको अध्यक्षमा त्रिभुवनधर तुलाधर निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा सोमबार सम्पन्न संघको २० औं वार्षिक साधारण सभाले उनलाई निर्विरोध निर्वाचित गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा राजुबाबु श्रेष्ठ, उपाध्यक्षमा राष्ट्रभुषण चाकुबाजी, महासचिवमा विवेक पौडेल र कोषाध्यक्षमा जगतबहादुर श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी, अभिनव राणा, अन्जु पौडेल, विजय मुल्मी, ज्ञानेन्द्रलाल प्रधान, हुवाङ एर टोङ, लिमा अधिकारी, मदन मित्तल, मनिस राजभण्डारी, निराजन तिवारी, पासाङ नोर्बु, रविन श्रेष्ठ, राजेन्द्र मान शेरचन, विक्रम पाँडे, रमेश शर्मा, सोफी उपाध्याय, सोभित उप्रेती, सुमित कुमार अग्रवाल तथा ज्ञानेन्द्ररत्न तुलाधर सदस्यमा निर्वाचित भएका छन् ।

नेपाल तथा चीन वीचको आर्थिक, व्यापारिक तथा पर्यटन प्रवद्र्धनका लागि सन् १९९९मा नेपाल चीन उद्योग वाणिज्य संघको स्थापना भएको हो ।

नवनिर्वाचित अध्यक्ष तुृलाधरले चीनका विभिन्न संघ संगठनहरुसँग सम्बन्ध विस्तार गरी व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, व्यापार मेलाहरुमा सहभागिता आदि कार्य गरी दुई देशबिचको आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रगाढ बढाउन प्रयास गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here