शेयर बजारमा उच्च अंकको गिरावट, नेप्से परिसूचक २२०० मा ओर्लियो

काठमाडौं, २७ मंसिर । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

साताको कारोबारको दोस्रो दिन कारोबारको दुई घण्टामा शेयर बजार मापक सूचक नेप्से ८४.५८ अंकले घटेर २२७६.६६ विन्दुमा झरेको छ । पहिलो दिन ८८ अंकले घटेको नेप्से दोस्रोदिन पनि कारोबारको शुरुवात देखि नै उच्च गिरावट आएको हो ।

सोमबार १ बजेसम्ममा कारोबारमा आएका २२७ कम्पनीको १ अर्ब ५ करोड ५४ लाख ८४ हजार ७७० रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका सबै सूचकहरु राताम्मे बनेका छन् । ९ कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here