शेयर बजारमा उच्च अंकको गिरावट, धेरै गुमाउने फाइनान्सका लगानीकर्ता

काठमाडौं, २७ मंसिर । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक नेप्से ७९.२३अंकले घटेर २२८२.१ विन्दुमा झरेको छ । आइतबार पनि नेप्से ८८ अंकले घटेको थियो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २३३ कम्पनीको ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७७ रुपैयाँ बराबरको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् ।

धेरै गुमाउने फाइनान्सका लगानीकर्ता रहेका छन् । बैंकिङ समूहको शेयर ३४ अङ्कले, विकास बैंकको दुई सय ११, होटलको ५९ , फाइनान्सको १३३, माइक्रोफाइनान्सको १७१ र जलविद्युत् समूहको शेयर १०५ ले घटेको छ ।

यस्तै उत्पादन समूहको शेयर १७१ अङ्कले, जीवन बीमा समूहको ४२५ अङ्कले, निर्जीवन बीमा समूहको ५४५ घटेको छ । र अन्य समूहको शेयर ६३ अङ्कले घटेको छ ।

सोमबार सबैभन्दा बढी नविल बैकको कारोबार भएको छ । नविलको १८ करोड ३५ हजार रुपैयाँको कारोबार भएको छ ।

८ कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयरमूल्यमा उच्च गिरावट आउने कम्पनीहरुमा स्वाभिमान लघुवित्त, दिव्यश्वरी हाइड्रोपावर, नेशनल हाइड्रोपावर रहेका छन् ।

त्यस्तै गुडवील फाइनान्स, आँखुखोला जलविद्युत, तेह्रथुम पावर कम्पनी, मल्टिपर्पोज फाइनान्स र आइसीएफसी फाइनान्स रहेका छन् । यस कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीमा गोर्खाज फाइनान्स रहेको छ ।

आज यस कम्पनीको शेयरमूल्य ९.४७ प्रतिशतले बढेर प्रतिकित्ता ७७१.९० रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति २०७८ साउन २९ मा जारी गर्दा सेयर कर्जामा व्यक्तिगत तर्फ ४ करोड र संस्थागत १२ करोडको सीमा तोकेसँगै बजार निरन्तर ओरालो लागि रहेको छ ।

राष्ट्र बैंकले अघिल्लो सार्वजनिक गरेको समीक्षामा शेयर धितो राखेर लिइने कर्जाको सीमामा कुनै पनि हेरफेर नगरेपछि लगानीकर्ताहरु आत्तिए बिक्रीको चाप बढ्दै गएको छ । जसका कारण शेयर बजारमा भारी गिरावट आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here