काठमाडौं, २८ मंसिर । शेयर बजारमा सकारात्मक सर्किट लागेको छ ।
साताको तेस्रो कारोबार दिन मंगलबार सुरुवातबाटै हरियाली छाएको नेप्सेमा कारोबार सुरु भएको एक घण्टा ३८ मिनेटमा सकारात्मक सर्किट लागेको हो ।
५ प्रतिशतले वृद्धि भएपछि सकारात्मक सर्किट लागेसँगै ४० मिनेटका लागि कारोबार रोकिएको हो । नेप्से सूचक ११४.२५ अंक अर्थात ५.०१ प्रतिशतले बढेको छ।
शेयर बजार खुलेको पहिलो घण्टामा ४ प्रतिशत घटेमा वा बढेमा २० मिनेटका लागि कारोबार स्थगित गरिन्छ।
यसैगरी दोस्रो घण्टामा ५ प्रतिशत बजार घटबढ गरेमा ४० मिनेटका लागि कारोबार स्थगित गरिन्छ भने तेस्रो घण्टामा ६ प्रतिशतले घटबढ भएमा यो दिनको बाँकी कारोबार स्थगित गरिनेछ।
यो समयसम्म बजार ११४.२५ अंकले उकालो लागेर २३९५.९३ को विन्दुमा उक्लिएको छ।