बुद्ध एयरको ‘फ्लाइट अलर्ट’ सेवा शुरु,उडान हुने नहुने मोबाइलमा म्यासेज

फाइलफोटो

काठमाडौं, २८ मंसिर । निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले फ्लाइट अलर्ट म्यासेजिङ सेवा सुरु गरेको छ ।

कम्पनीले टिकट काटेर यात्राको तयारीम बसेकाहरुलाई प्रतिकूल मौसम, उडान हुने/नहुने बारे जानकारी दिन यो सेवा शुरु गरेको हो ।

बेलैमा सूचना नपाउँदा यात्रुले सास्ति बेहोर्नु परेको भन्दै यात्रुको सुविधाका लागि फ्लाइट अलर्ट सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।

यो सेवा शुरु भएसँगै अब यात्रुले मौसम प्रतिकूल र कम भिजिबिलिटी भएके बेला उडान हुने नहुने मोबाइलमा म्यासेज मार्फत जानकारी पाउने छन् ।

कम्पनीले उडान अवस्थाबारे पूर्वसूचना लिनका लागि प्रत्येक यात्रुलाई टिकट बुकिङ गर्दा आफ्नो आधिकारिक सम्पर्क नम्बर समावेश गर्न सुझाव दिएको छ ।

कम्पनीको एसएमएस अलर्ट सेवामार्फत यात्रुले हरेक विमानस्थलको अवस्था र समयबारे जानकारी लिन सक्ने जनाइएको छ।

बुद्धले हाल ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट उडान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here