शेयर बजारमा लाग्यो तेस्रो सकारात्मक सर्टिक, कारोबार बन्द

काठमाडौं, २८ मंसिर । शेयर बजारमा उछाल आएको छ । यससाताको सुरुको दुई दिनमै १६७ अंकले घटेको बजारमा आज भने उछाल आएको हो ।

बजार खुलेको साढे दुई घण्टा नबित्दै नेप्से ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द गरिएको नेप्सेले जनाएको छ । १२ बजेर ३८ मिनेटमा नेप्से ५ प्रतिशतले वृद्धि भएपछि ४० मिनेटको लागि कारोबार रोकिएको थियो ।

१२ बजेर ३८ मिनेटमा कारोबार रोकिएर ११८ मा खुलेको नेप्से अर्को ८ मिनेटमा नै अर्को १ प्रतिशत वृद्धि भएर ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार बन्द भएको हो ।

हाल नेप्से परिसूचक ६.०१ प्रतिशतले बढेर रोकिएको छ । नेप्से १३७.१८ अंकले बढ्दै २४१८.८५ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंलगवार २२० कम्पनीको १अर्ब ८४ करोड २६ लाख ४७ हजार ११४ रुपैयाँ बराबरको ४० लाख ८५ हजार ९५६ कित्ता शेयर किनबेच भएका छन् ।

सबै उपसमूहमा हरियाली छाएको छ । बैंकिङ ६८, विकास बैंक ३५८, फाइनान्स १६७, होटल तथा पर्यटन १७३ अंकले बढेको छ ।

जलविद्युत १९८, लगानी ५, जीवन बीमा ६६१, उत्पादन ३०४, माइक्रोफाइनान्स २८५, निर्जीवन बीमा ६४५, अन्य १२८ र ब्यापार उपसमूह १८० अंकले बढेको छ ।

नेप्से इतिहासकै दोस्रो धेरै अंकले बढेको दिन करिब ५ दर्जन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेशनल हाइड्र, विशाल बजार, नेपाल फाइनान्स, बेस्ट, सेन्टर, समृद्धि, आइसीएफसी, प्रोग्रेसिभ फाइनान्स,अरुण भ्याली, ग्रामिण विकास बैंक, ज्योति विकास, कामना सेवा विकास, मल्टी प्रपोज फाइनान्सको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, कालिका माइक्रोफाइनान्स, जन उत्थान, एचआइडीसीएल, ङादी पावर, ग्रीन डेभलपमेन्ट बैंक, खानीखोला, दिव्यश्वरी, सिनर्जी पावर, छ्याङदी, राधी, पञ्चकन्यामाइ, आँखुखोला हाइड्रोपावरसहित ५ दर्जन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।

शेयर बजार खुलेको पहिलो घण्टामा ४ प्रतिशत घटेमा वा बढेमा २० मिनेटका लागि कारोबार स्थगित गरिन्छ।

यसैगरी दोस्रो घण्टामा ५ प्रतिशत बजार घटबढ गरेमा ४० मिनेटका लागि कारोबार स्थगित गरिन्छ भने तेस्रो घण्टामा ६ प्रतिशतले घटबढ भएमा यो दिनको बाँकी कारोबार स्थगित गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here