अर्थमन्त्री र लगानीकर्ताबीच भेटवार्ता, पूँजीबजार सुधारमा सरकार सकारात्मक

काठमाडौं, २८ मंसिर । सेयर बजारका लगानीकर्ता र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ । मंगलवार पूँजी बजार सुदृढीकरण बृहत कार्यदलका संयोजक अम्बिका प्रसाद पौडेलको नेतृत्वमा गएको टोलीले शर्मासँग भेटवार्ता गरेको हो ।

अर्थमन्त्री शर्मासँग अर्थ मन्त्रालयमा भेट गरि पूँजी बजारको वर्तमान अवस्था, सेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्ती, ५८ बुँदेका बाँकी कामहरु र तत्काल गर्नु पर्ने सुधारका कार्यहरुको बारेमा छलफल गरेका हुन् ।

छलफलका क्रममा अर्थमन्त्रीले आफु पूँजीबजारको दिगो विकास र बिस्तारको लागि लागिरहेको र कार्यदलले उठाएका मागहरु धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिसँगै पुरा गरिने विश्वास दिलाएका पूँजी बजार सुदृढीकरण बृहत कार्यदलका संयोजक अम्बिका प्रसाद पौडेलले बताए ।

शर्माले पूँजी बजारलाई लगानीकर्ताले सोचेभन्दा राम्रो बनाउने प्रतिवद्धता जाहेर गरे । ‘मेरै पालामा पुँजी बजार सबैभन्दा उचाइमा पुगेको थियो, त्यो सबैले बिर्सिए, अब फेरी लगानीकर्ताले सोचेभन्दा राम्रो बनाउँछु ।’ शर्माको भनाईलाई उदृत गर्दै पौडेलले भने ।

कार्यदलले शेयर दलाल मार्फत मार्जिन ट्रेडिङ कर्जा ब्यबस्था पूर्ण रुपमा कार्यन्वयनमा नआएसम्म शेयर धितो कर्जामा लगाईएको सिमा पूर्ण रुपमा हटाउनु पर्ने, लामो समयदेखि रिक्त रहेका नेपाल धितोपत्र बोर्ड र नेप्सेको प्रमुखहरुको योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा तत्काल नियुक्ति गरिनु पर्ने, र पुँजीबजारको विकास र विस्तारको लागि अर्थ मन्त्रालयले ३ वर्ष अघि नै गरिसक्न्ने भनेको ५८ बुँदेको कार्यतालिका सहितका कामहरु तत्काल गर्नु पर्ने माग राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here