थप २६४ जनामा कोरोना पुष्टी, दुई जना संक्रमितको निधन

काठमाडौं, २८ मंसिर । पछिल्लो २४ घण्टामा देशभर २६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३९२ जनाको पीसीआर परीक्षण गर्दा २२९ जना र ४३१७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ गरी २६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २४ हजार ७६४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३६२ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ८ लाख ७ हजार ५१६ पुगेको छ । संक्रिय संक्रमितको संख्या ५ हजार ६८९ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुने संक्रमितको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ५५९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here