माध्यमिक तहको शिक्षकको पदमा विज्ञापन आह्वान

काठमाडौं, २९ मंसिर । शिक्षक सेवा आयोगले माध्यमिक तहको १५६५ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ ।

आगामी चैत १५ गते परीक्षा सञ्चालन गर्नेगरी आयोगले विज्ञापन आह्वान गरेको हो।

आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्न सकिन आयोगले जनाएको छ। समावेशीका लागि अतिरिक्त शुल्क बुझाउनुपर्ने छ ।

परीक्षा आवेदन फाराम अनलाइनबाट पनि भर्ने व्यवस्था गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here