नेपाल बैंकको नयाँ व्याजदर सार्वजनिक,बचत खातामा अधिकतम ६.०५ प्रतिशत

काठमाडौं, २९ मंसिर । नेपाल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा बिहिबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ५.०५ प्रतिशतदेखि अधिकतम ६.०५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ९.०५ प्रतिशत देखि अधिकतम १०.०५ प्रतिशतसम्म तोकिएको छ ।

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ५.९३ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here