बुटवल पावरको लाभांश घोषणा, नगद र बोनस कति ?

काठमाडौं, २९ मंसिर । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंगलवार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ । बुटवलले लाभांश प्रस्ताव पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा पनि बोलाएको छ ।

सभाबाट प्रस्ताव पारित भएपछि लगानीकर्ताले लाभांश पाउनेछन् ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय वानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाका लागि बुटवल पावरले पुस ११ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्नेछ ।

पुस १० गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here