लोक सेवा आयोगले खुलायो २८४ अधिकृतका लागि विज्ञापन

काठमाडौं, २९ मंसिर । लोक सेवा आयोगले २ सय ८४ जना शाखा अधिकृतका लागि विज्ञापन खुलाएको छ । आयोगले बुधबार न्याय सेवाको कानून, न्याय तथा सरकारी वकिलमा अधिकृतको मागसहित विज्ञापन खुलाएको हो ।

त्यसो त लोक सेवा आयोगले यसअघिका दुई तहको प्रतिस्पर्धा टुंग्याएर सरकारलाई नियुक्तिका लागि सिफारिस गर्न नसकेको अवस्था छ । विवाद कायमै रहदाँमा आयोगले फेरि नयाँ भर्ना प्रक्रिया थालेको हो ।

आयोगले बुधबार विज्ञापन खुलाएको पदहरुका लागि आगामी माघ २९ गते प्रारम्भिक परीक्षा तोकेको छ । लोकसेवाको न्यायसेवामा प्रतिस्पर्धा गर्नेहरुले भने प्रारम्भिक परीक्षा दिनुपर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here