‘देशको लागि एमसीसी परियोजना कार्यान्वयन गर्न आवश्यक’- शेखर गोल्छा

काठमाडौं, २९ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले एमसीसीसँग भएको सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको नव उत्थान सम्मेलनमा बोल्दै गोल्छाले तत्काल एमसीसी पारित गरेर कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।

नेपालमा विदेशी लगानी पर्याप्त नभएको बताउँदै एमसीसी जस्ता परियोजना कार्यान्वयन गर्न आवश्यक रहेको गोल्छाले बताएका हुन् ।

अहिले नेपाली अर्थतन्त्र पेचिलो बन्दै गएको छ भने बाहिरी सहयोग पनि आउन बन्द भएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा हामीले एमसीसी सहज रुपमा स्वीकार गर्नुपर्छ ।’

पछिल्लो समय एमसीसी पास हुनु पर्छ र पर्दैन भनेर वहसको विषय पनि बनेको छ । सरकारले एमसीसी पास गर्ने मनसाय बनाए पनि धेरैको अवरोधको कारण एमसीसी हालसम्म पास हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here