यस्तो छ मेटाको ‘होराइजन वल्र्ड’ गेम

काठमाडौं । फेसबुकले आफ्नो मूख्य कम्पनीलाई मेटा नामाकरण गरेपछी पहिलो पटक नयाँ एप सार्वजनिक गरेको छ ।

‘सोसियल भर्चुअल रियालीटी स्पेस’ नामक सो एप परीक्षणको करिव १ बर्षपछी सार्वजनिक गरिएको छ । कम्पनीले मेटाभर्स निर्माणको योजनालाई सार्थकता दिन चालिएको यो पहिला कदम हो ।

यो एक प्रकारको एप हो । कम्पनीले हाललाई अमेरिका र क्यानडाका विशेषगरी १८ बर्ष भन्दा माथीका प्रयोगकर्ताले मात्र चलाउन मिल्ने बनाएको छ । यो एप क्वेष्ट टु डिभाइसबाट फ्रि एप डाउनलोड गरेर चलाउन सकिन्छ । जनवरी १५ सम्मका लागी क्वेष्ट वानबाट पनि डाउनलोड गर्न सकिन्छ ।

यसका लागी फेसबुक अकाउन्ट आवश्यक पर्छ । जसअनुसार बढीमा २० जनासँग भर्चुअल स्पेसमा खेल्न वा घुम्न सकिन्छ ।

आफ्नो छुट्टै र्वल्ड बनाउन सक्छन् । सो भर्र्चुअल वल्र्डमा दिइएका अप्सनहरुमध्येबाट प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार घुम्ने, खेल्ने वा गफ गर्ने गर्न सक्नेछन् ।

यसमा ३६० डिग्रीमा गेम हुन्छ अर्थात सबैतिर घुमेर खेल्न मिल्छ । प्रयोगकर्ताले भर्चुअल वल्र्डमा कम्युनिटी फेला पार्छ । जसमा भर्र्चअल ह्याङ आउट, खेल्ने, मिनी गल्फ, इस्केप रुम, पेन्ट बलुन, व्याटलफिल्डलगायत गेम हुन्छ । होराइजन धेरै जनासँग मिलेर खेल्न मिल्ने तथा होस भन्ने चाहना अनुरुप तयार गरिएको हो ।

त्यस्तै सो एपमा पहिलै तयार भएका टेम्प्लेट वल्र्डलाई प्रयोगकर्ताले आफ्नो वल्र्डमा ल्याउन सकिन्छ ।

‘सोसल भिआर स्पेस होराइजन वल्र्ड’ मा प्रयोगकर्ताहरुलाई आफ्नो छुट्टै सामान्य गेमहरु बनाउन दिने सुविधा समेत राखेको छ ।

तर प्रयोगकर्ताले त्यो भर्चुअल वल्र्डमा निर्माण गरिने गेमबाट पैसा कमाउन भने सक्दैनन् । तथापी मेटाले प्रतिशपर्धामा उत्कृष्ट हुने विजेतालाई १० मिलियन डलर ‘क्रियटर फण्ड’बाट पुरस्कृत गर्ने घोषणा गरेको छ ।

यो अर्को भीआर गेम रोब्लोक्स भन्दा नितान्त फरक छ । जहाँ क्रियटरले आफ्नो गेम बेचेर पैसा कमाउन सक्छन् । होराइजन वल्र्ड खेल्नका लागी मेटाले विक्री गर्ने ओकुलस क्वेष्ट टु हेडसेट आवश्यक पर्छ ।

यसमा प्रयोगकर्ताले खुट्टारहितको फ्लोटिंग अवतार सृजना गर्न सक्छन् । मेटाले आफ्नो कार्यकक्षमा मिटिङका लागी अवतार सृजना गर्न शुरु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here