झिनो अंकले घट्यो नेप्से, ४ अर्ब ५८ करोडको कारोबार

काठमाडौं, २९ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । बुधवार शेयर बजार मापक सूचक नेप्से ४। २३ अंकले घटेर २४१४६२ विन्दुमा आइपुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२८ कम्पनीको ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७७ रुपैयाँ बराबरको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ८ समूहको परिसूचकमा हरियाली छाएको छ भने ५ समूहको परिसूचक राताम्मे भएका छन् ।

तीव्र उतारचढाव बीच सामान्य अंकले घटेको बजारमा बैंकिङ ९ होटल तथा पर्यटन ५३, निर्जीवन बीमा १७, माइक्रोफाइनान्स १७ र अन्य समूह ११ अंकले घटेको छ ।

विकास बैक ४०, जलविद्युत ७, लगानी ५, उत्पादन ०४६ माइक्रोफाइनान्स १७, जीवन बीमा ४३ अंकले बढेको छ ।

साम्लिङ पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्।

यसको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ। त्यसैगरी दिव्यश्वरी जलविद्युत्‌काे शेयर मूल्य ७.७८, आँखुखोला जलविद्युत् ७.७४, आईसीएफसी फाइनान्स ६.६१ र बेष्ट फाइनान्स कम्पनीको शेयर मूल्य ६.५३ प्रतिशतले बढेको छ। 

आज नयाँ सारथी लघुवित्तको शेयर मूल्य ५.३४ प्रतिशतले घटेको छ। त्यस्तै, जानकी फाइनान्स लिमिटेड ३.७७ र मञ्जुश्री फाइनान्सको शेयर मूल्य ३.४३ प्रतिशतले घटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here