काठमाडौं, २९ मंसिर । कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुबाट सहुलियत कर्जा ४७ प्रतिशत बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययन अनुसार २०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सहुलियतपूर्ण कर्जा ३ अर्ब ९२ करोड ६३ लाख पुगेको छ ।
गत आर्थिक वर्षमा यो कर्जा रु. २ अर्ब ६५ करोड ५७ लाख ३० हजार रहेको थियो ।
कुल कृषि कर्जामध्ये सबैभन्दा बढी रु. ३ अर्ब ८३ करोड ७१ लाख कर्जा कृषि तथा वनजन्य शीर्षकमा प्रवाह भएको छ भने रु. ८ करोड ९२ लाख कर्जा माछापालनमा प्रवाहित भएको छ ।
यस प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा धेरै रु. १ अर्ब ६४ लाख सुर्खेत जिल्लामा प्रवाहित भएको छ भने सबैभन्दा कम रु. ३ करोड ५६ लाख मुगु जिल्लामा प्रवाहित भएको छ ।
कर्जाहरुमा गत आर्थिक वर्षभन्दा क्रमश ४५.३२ प्रतिशत र ४८२.६३ प्रतिशतले वृद्धि भएको छ ।