विनिमय सञ्चिति ११ प्रतिशत घट्यो, कात्तिक मसान्तमा १० अर्ब ४७ करोड कायम

काठमाडौं, २९ मंसिर । नेपालको कुल विदेशी विनिमय सञ्चिति ११ प्रतिशतले घटेको छ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को चार महिनाको तथ्यांक अनुसार गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति उक्त दरले घटेर कात्तिक मसान्तमा १२ खर्ब ४४ अर्ब ८५ करोड कायम भएको हो।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा १०.९ प्रतिशतले कमी आई १० अर्ब ४७ करोड कायम भएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ कात्तिक मसान्तमा ११.० प्रतिशतले कमी आई ११ खर्ब ०७ अर्ब ४७ करोड कायम भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here